दुर्गा प्रसाईंलाई रिहा गर्न राप्रपा अध्यक्ष लिङ्देनको माग



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक समेत रहेका प्रसाईंलाई शुक्रबार प्रहरीले काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको थियो ।

प्रसाईंलाई दुःख दिने, फरक मान्यतालाई निरुत्साहित तुल्याउने, दबाउने नियतबाट पटकपटक पक्राउ गरिएको लिङ्देनले बताएका छन् ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो । सोही आधारमा प्रसाईंलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले बताएका छन् ।

प्रकाशित मिति: २४ माघ २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्