सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ जना पक्राउ
सुर्खेत, माघ २५ । वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल ¥याली निकाल्ने ‘खतरनाक खोपडी’ समूहका २५ जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय प्रशासनको अनुमतिबिना मोटरसाइकल ¥याली निकालेर सार्वजनिक शान्ति तथा निर्वाचन सुरक्षामा खलल पु¥याएको आरोपमा ‘खतरनाक खोपडी’ (ड्यान्जर स्कुल) नामक युवा समूहका २५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुुसार शनिबार दिउँसो वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत तिनकुने चोक हुँदै धुलियाबिटतर्फ कालो र सेतो झण्डा बोकेर मोटरसाइकलमा होहल्ला गर्दै जाँदै गरेको अवस्थामा उनीहरुलाई वीरेन्द्रनगर–३ तातापानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङग बुढ्थापाले जानकारी दिए ।
प्रहरी टोलीले आठ मोटरसाइकल र चार स्कुटरसहित उनीहरुलाई पक्राउ गरेर आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको जनाएको छ ।
प्रकाशित मिति: २५ माघ २०८२, आइतबार












