कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै, यस्ता छन् तीन एजेण्डा
काठमाडौं, माघ २५ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ८ः३० बजे जुममार्फत बस्ने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई उपस्थित हुन भनिएको छ । बैठकका लागि तीन वटा एजेन्डा तय गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
उनका अनुसार नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२, नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ र केन्द्रीय अनुशासन समिति गठन सम्बन्धी विषयमा छलफल हुनेछ ।
प्रकाशित मिति: २५ माघ २०८२, आइतबार












