पश्चिमी वायुको प्रभावले यी क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौं, माघ २६ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले गर्दा विभिन्न भू–भागमा बदली, हुस्सु र कुहिरो देखिएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली देखिएको छ भने तराईका अधिकांश भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
तराईमा लागेको बाक्लो हुस्सु र कुहिरोका कारण सडक तथा हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने देखिएको छ ।
प्रकाशित मिति: २६ माघ २०८२, सोमबार












