पूर्वाञ्चल विश्वविद्यालय अब अघि बढ्छ : डा. थापा


 


काठमाडौं, वैशाख १२
पूर्वाञ्चल विश्वविद्यालय (पियु) लामो समय अनेकन खिचातानी र भद्रगोलमा फस्यो । जसका कारण पठनपाठनमा अवरोध समेत पुगेको थियो । अभिभावक र विद्यार्थी अन्योलमा थिए ।

तर यतिबेला भने विश्वविद्यालयमा सुधारका संकेतहरु देखिन थालेका छन् । विश्वविद्यालयमा सुधारका संकेतहरु देखिन थालेपछि अभिभावक र विद्यार्थीहरुमा खुसी छाउन थालेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयका प्रोजेक्ट कोर्डिनेटर तथा पूर्व व्यवस्थापन संकायका पूर्व डिन डा. विजु कुमार थपलिया भन्नुहुन्छ अव पूर्वाञ्चल विश्वविद्यालय अघि बढ्छ, किनभने सुधारका संकेतहरु सुरु भइसकेका छन् ।

भर्खरै कम्बोडियामा सम्पन्न भएको हव फोर ग्रोर्थ सेमिनारमा भाग लिएर आउनु भएका थापाले पूर्वाञ्चल विश्वविद्यालय (पियु) ले समयमै पठनपाठन र परीक्षा तालिकाहरु सार्वजनिक गर्न थालेकोले पियु अव अघि बढ्ने बताउनुभयो ।

कम्बोडियामा भएको सेमिनारमा विश्वका १२ देशका विश्वविद्यालयहरुको सहभागिता थियो । नेपालबाट त्रिभुवन विश्वविद्यालय (टियु) र पियुले भाग लिएका थिए ।

चार दिनसम्म चलेको सेमिनारमा सहभागी १२ वटा विश्वविद्यालयबिच आपसमा विश्वविद्यालयहरु कसरी अघि बढ्दैछन, तथा एकआपसमा सहकार्य गर्ने विषयमा छलफल भएको डा. थापाले बताउनुभयो ।

प्रत्येक बर्ष विश्वविद्यालयबाट उत्पादन हुने विद्यार्थीहरुमा कसरी रोजगारीता बढाउने विषयमा बढी छलफल भएको उहाँको भनाई छ । छलफलमा युरोपका ४ एशियाका ८ वटा विश्वविद्यालयो सहभागिता थियो ।

छलफलमा पाठ्यक्रमको सुधार, जसका कारण रोजगारीता बढाउन सकियोस लगायतका विषयमा गहन छलफल भएको थियो । विद्यार्थीहरुलाई आफै आत्मनिर्भर बनाउने लगायतका रणनीतिक योजना समेत बनाएको डा. थापाको भनाई छ ।

अब रोजगारदाताहरुसँग बसेर छलफल हुने थापा बताउनुहुन्छ । विभिन्न देशका विश्वविद्यालयहरुसँग साझेदारी गर्न थालेको उहाँले बताउनुभयो ।

विश्वविद्यालयमा चार वटा संकायको पठनपाठन भइरहेको छ भने ७२ वटा कार्यक्रम सञ्चालन भइरहेको थापाले जानकारी दिनुभयो ।
पियुका पाँचवटा आंगिक क्याम्पस छन् भने १२१ वटा कलेज पीयुको आवद्धतासँगै सञ्चालन भइरहेका छन् ।

प्रकाशित मिति: १२ बैशाख २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्