लेखा अधिकृत विरुद्ध विशेष अदालतमा मुद्धा दायर


 


भाेजपुर, असार १६

जिल्ला शिक्षा कार्यालय भोजपुरका लेखा अधिकृत सुरेन्द्र प्रसाद श्रेष्ठलाई अख्तियार दुरुपयाेग अनुसन्धान अायोगले विशेष अदालतमा अाज (बुधबार) मुद्धा दायर गरेको छ ।  श्रेष्ठले लेखापालबाट लेखा अधिकृतमा बढुवा हुनका लागि नक्कली कागजात पेश गरेको भन्दै अख्तियारले विशेषमा मुद्धा दायर गरेको हो ।

विशेष अदालत काठमाण्डौंमा दायर गरिएको आरोपपत्रमा भनिएको छ, शिक्षा कार्यालय भोजपुरमा लेखा अधिकृत पदमा कार्यरत श्रेष्ठले राजपत्राङ्कित तृतीय श्रेणीको राष्ट्र सेवकको पदमा बढुबा पाउने उदेश्यले बदर भैसकेको झुठा योग्यताको वढुवा नियुक्ति पत्र पेश गरी बढुवा भएको देखिन आएकोले निजले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) द्वारा परिभाषित कसुर गरेको हुदाँ निजलाई सोही ऐनको दफा १६ (१) बमोजिम हदैसम्मको दण्ड सजाय हुन मागदावी गरिएको छ ।

यस अघि श्रेष्ठ कृषि विकास कार्यालय भोजपुरका लेखापाल थिए ।

प्रकाशित मिति: १६ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्