कारोबारसँगै २६ अंकले घट्यो नेप्से, राताम्मे बने सबै समूह



काठमाडौं। सोमबार नेप्से २६,०५ अंकले घटेको छ।

नेप्से आइतबारको तुलनामा ०.९६ प्रतिशतले ओरालो लागेको हो। योसँगै नेप्से २‚६७२.३९ अंकमा अडिएको छ। नेप्से आइतबार पनि १०.२५ अंकले घटेको थियो।

नेप्सेमा सोमबार ३२४ कम्पनीको एक लाख दुई हजार २८१ पटकको कारोबारमा दुई करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर किनबेच भए। जसमा सोमबार १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २८९ रुपैयाँबराबरको कारोबार भयो।
आइतबार भने ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १४३ रुपैयाँको कारोबार भएको थियो।

नेप्सेमा सोमबार १३ समूहको कारोबार भएकामा लगानी समूहको सूचक मात्र बढ्यो। बाँकी १२ समूहका सूचक राताम्मे बने।

जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.७७‚ विकास बैंक १.३७‚ फाइनान्स २.२९‚ होटेल तथा पर्यटन १.३९‚ जलविद्युत् ०.५४‚ लगानी ०.९१ प्रतिशतले घट्यो।

यसैगरी जीवन बिमा १.००‚ उत्पादन तथा प्रशोधन समूह १.२३‚ लघुवित्त समूह ०.६१‚ म्युचुअल फन्ड ०.४७‚ निर्जीवन बिमा समूह १.४१ र अन्य समूह १.९६ प्रतिशतले घट्यो। सोमबार व्यापार समूह मात्र ०.२२ प्रतिशतले उकालो लाग्यो।

दिनभर उतारचढाव भइरहेको नेप्सेमा सोमबार सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ९।९७ प्रतिशतले कमाए। खानीखोलाको अन्तिम कारोबार मूल्य ३०४ रुपैयाँ कायम रह्यो।

यस्तै सबैभन्दा बढी मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ५।४० प्रतिशतले सेयरमूल्य गुमाए। यसको अन्तिम सेयरमूल्य ३३१ रुपैयाँ कायम रह्यो।

आज सबैभन्दा धेरै कारोबार हुनेमा रिडीपावर कम्पनी लिमिटेड रह्यो। सोमबार यसको ७७ करोड १९ लाख १८ हजार ६८५ रुपैयाँको कारोबार भएको छ। रिडीपावरको अन्तिम सेयर मूल्य प्रतिकित्ता ३१६ रुपैयाँ कायम रह्यो।

प्रकाशित मिति: २६ माघ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्