ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प



काठमाडौं, माघ २७ । ताप्लेजुङको कञ्चनजंघा आसपास क्षेत्रमा आज बिहान भूकम्प गएको छ ।

नेपाल–भारत सीमा क्षेत्र नजिकै केन्द्र बिन्दु भएको भूकम्प बिहान २ बजेर ४७ मिनेट जाँदा गएको हो ।

भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न जिल्लामा महसुस गरिएको भए पनि हालसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्