आजको मौसम : केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना



काठमाडौँ, माघ २७ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको कमजोर प्रभाव रहेको रहेको छ ।

तराई भूभागमा तुवाँलो र हुस्सु लागेको छ भने सुदूरपश्चिम, कर्णाली तथा उच्च पहाडी र हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बादल लागेको छ ।

आज दिउँसो तराईका केही स्थानमा मध्यान्नसम्म हुस्सु रहने सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति तराईका थोरै स्थानमा तुवाँलो रहने छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्