रवि लामिछानेको नवलपरासी चुनावी कार्यक्रममा प्रशासनको रोक



रुपन्देही, माघ २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मंगलवार तय गरिएको चुनावी कार्यक्रममा प्रशासनले रोक लगाएको छ ।

प्रशासनले सूचना जारी गर्दै उक्त कार्यक्रम निर्वाचन आचार–संहिताविपरीत भएको ठहर गर्दै सञ्चालन नगर्न निर्देशन दिएको हो ।

लामिछाने माघ २७ गते जिल्लाका विभिन्न स्थानमा आयोजना गरिएका कार्यक्रममा सहभागी हुने कार्यतालिका तय गरिएको थियो । सोमवार दिनभर रुपन्देहीका चुनावी कार्यक्रममा सहभागी भएका उनी मंगलवार नवलपरासी पुग्ने तयारीमा थिए ।

यसअघि उनी आइतवार पूर्वी नवलपुर र पश्चिम नवलपरासीका कार्यक्रममा पनि सहभागी भएका थिए ।

प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्