कालीगण्डकी नदी किनारमा मानव कंकाल फेला
काठमाडौँ, माघ २७ । गुल्मीमा कालीगण्डकी नदी किनारमा मानव कंकाल फेला परेको छ ।
जिल्लाको कालीगण्डकी गाउँपालिका–४ स्थित नदी किनारको घुमाउने भन्ने स्थानमा सोमबार दिउँसो ढुंगाको चेपभित्र मानव कंकाल फेला परेको हो । कंकाल देखिएपछि स्थानीयले जिल्ला प्रहरी कार्यालय गुल्मीमा जानकारी दिएका थिए ।
सूचना प्राप्त भएलगत्तै प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी टोली गएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको नेतृत्वमा गएको टोलीले घटनाबारे अनुसन्धान अघि बढाएको छ ।
प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार












