जहाँ खानेपानी पाइपबाट दूध झर्छ



काठमाडौं, वैशाख १६

खानेपानीको पाइपबाट दूध ढुवानी हुन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, ललितपुरको दक्षिण भेगमा पर्ने गोटीखोलमा २० एमएमको प्लाष्टिक पाइपबाटै हरेक बिहान दूध ढुवानी गरिन्छ ।

पाँच किलोमिटर टाढाको रिङगिङडाँडाबाट चार सय लिटर दूध गोटीखेल बजारमा पाँच मिनेटमै झर्छ ।

ललितपुर जिल्ला दुग्ध उत्पादन सहकारी संस्थाका सञ्चालक शिवप्रसाद सञ्जेलका अनुसार गोटीखेलमा मात्रै होइन, बखेल, इकुडोलमा पनि पाइपबाट दूध संकलन हुने गरेको छ ।

गोटीखेलमा सुख्खा मौसममा कम दूध आए पनि वर्षा र हिउँदा भने दैनिक सात सय लिटरसम्म दूध संकलन हुने गरेको छ। नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News