एसईईको प्रश्नपत्र छपाइ सुरु
काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले आज (बिहीबार)बाट माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र छपाइ सुरु गरेको छ ।
भर्खरै मतपत्र छपाई सकेर ढुवानीसमेत सकेको केन्द्रले प्रश्नपत्र छपाइ सुरु गरेको हो ।
केन्द्रका अनुसार प्रश्नपत्र छपाइका लागि २६ कर्मचारी, २७ जना नेपाली सेना, २३ सशस्त्र र १५ जना नेपाल प्रहरीसहित ८१ सुरक्षाकर्मी परिचालन भएका छन् ।
यो वर्ष ५ लाख २० हजार हजार विद्यार्थीका लागि प्रश्नपत्र छापिनेछ ।
सातवटै प्रदेशमा फरकफरक सेटमा प्रश्नपत्र छपाइ हुने जनाएको छ । बोर्डले फागुन मसान्तभित्र प्रश्नपत्र ढुवानी सुरु गर्नेछ ।
यस वर्षको परीक्षा चैत १९ गतेबाट सुरु हुनेछ ।
प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार
















