हिलसाइड कलेज अफ इन्जिनियरिङ्गको साधारणसभा सम्पन्न


 


काठमाडौँ, वैशाख १६

हिलसाइड कलेज अफ इन्जिनियरिङको छैठौ बार्षिक साधारणसभा सम्पन्न भएको  छ । सभाको समुद्घाटन गर्दै कलेजका शेयरधनी तथा राष्ट्रिय योजना आयोगका सदस्य इन्जिनियर शुनिलबाबु श्रेष्ठले देशको पुर्बाधार तथा दिगो बिकाशको लागि हजारौं इन्जिनियरको आबश्यकता रहेको बताउनुभयो ।

तर इन्जिनियरहरुको अभाव रहेको भन्दै उहाँले हिलसाइड कलेज अफ इन्जिनियरिङबाट उत्पादन हुने सिभिल तथा इलेक्टि्रकल इन्जिनियरहरुले राष्ट्र निर्माणमा ठूलो योगदान गर्ने बिश्वास लिएको बताउनुभयो !

कलेजको प्रगतिबिबरण पेश गर्दै प्रबन्ध संचालक गोपिकृष्ण न्यौपानेले शुरुमा मनशायपत्र लिएको तीन बर्षसम्म सम्बन्धन प्राप्त नगर्दै भएको खर्च र पहिलो ब्याचमा विद्यार्थी भर्ना कम भएकोले लगानिकर्तालाइ प्रतिफल दिन नसकिएको बताउनुभयो ।

यतिबेल कलेजमा सिभिल तर्फ ९६ सिट पूरा भएको, इलेक्टि्रकल तर्फ पनि ३१ जना विद्यार्थी भर्ना भइसकेकोले कलेजको आर्थिक अबस्था सबल बनिरहेको बताउनुभयो ।

एकाडेमिक क्यालेन्डर तयार गरि सो अनुसार पठनपाठन भइरहेकोले गुणस्तरिय शिक्षा प्रदान भइरहेको, १७ वटा ल्याबहरु पुर्ण रुपमा सन्चालनमा रहेका, फ्याकल्टीहरुलाइ टिचिङ्ग मेथोडोलोजीको तालिम प्रदान गरिएको उहाँको भनाइ छ ।

साथै अनुशासनमा जोड दिएको एबम खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा कलेज अग्र गतिमा अघि बढेकोले यस बर्षमा सिट भन्दा धेरै विद्यार्थी भर्ना हुनको लागि प्रबेश परिक्षामा सामेल भएको उहाँको भनाइ थियो ।

हाइड्रो एक्स्पर्ट तथा शेयरधनी कुबेरमणी नेपालले हिलसाइड कलेजका विद्यार्थीलाई इन्टर्न्सिप को साथै काबेली हाइड्रोमा जागीर प्लेसमेण्ट गर्न सकिने भन्दै डिजाइन गर्ने, टनेल निमार्ण गर्ने, ट्रान्स्मिसन लाइन निर्माण मा काम गर्ने दक्ष जनशक्ति उत्पादनको लागि सुझाव दिनुभयो ।

कलेजका अध्यक्ष शिक्षाबिद्व जनार्दन नेपालले काउन्सिलले तोके अनुसार जग्गा खरिद गर्न लागेको र छिट्टै कन्स्ट्रक्सन मेनेज्मेण्ट, वाटर इन्जिनियरिङ र पावर मेनेज्मेण्ट मा माष्टर डिग्रीको अध्ययन अध्यापन गर्न लागेको  जानकारी दिनुभयो ।

प्रकाशित मिति: १६ बैशाख २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्