१९.२७ अंकले बढ्यो नेप्से, साढे पाँच अर्बको कारोबार
काठमाडौं। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १९.२७ अंकले बढेको छ।
अघिल्लो कारोबार दिनको तुलनामा ०.७२ प्रतिशतले बढेको नेप्से २६७४.२० अंकमा रोकिएको हो।
सेयर बजारमा आज ३४१ कम्पनीको ५५ हजार २०६ पटकको कारोबारमा एक करोड ३१ लाख ९३ हजार ४६२ कित्ता सेयर किनबेच भए। जसअनुसार पाँच अर्ब ६४ करोड ८३ लाख १९ हजार ४१ रुपैयाँको कारोबार भयो।
सेयर बजारमा आज १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६४ कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै ११ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। १३ समूहका कारोबार भएकामा सबै समूहका उपसूचक बढे। दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको ३६ करोड पाँच लाख तीन हजार १४० रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी अपी पावर कम्पनी लिमिटेडको १० लाख ४९ हजार ८४४ कित्ता शेयर किनबेच भएको छ।
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार
















