मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु



काठमाडौँ, फागुन १८ । वीरगन्ज–२४ रमगढवास्थित एक उद्योगमा कार्यरत मजदुरको मृत्यु भएको छ ।

आइतबार साँझ करिब साढे ६ बजेको समयमा एसपीएम प्रिन्टर उद्योगमा कार्यरत पर्सागढी नगरपालिका–४ का ३६ वर्षीय वीरेन्द्र पण्डितको उद्योगको मेसिनमा च्यापिएर मृत्यु भएको पसौ प्रहरीले जनाएको छ ।

उद्योगका अन्य मजदुरहरु काम ठप्प पारी पीडित परिवारलाई क्षतिपूर्ति तथा घटनाको छानबिन माग गर्दै प्रदर्शनमा उत्रिएका छन् ।

प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्