आज यी स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ, फागुन १९ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ ।
अहिले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मूख्यतया सफा रहको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी प्रदेशका पहाडी र हिमाली भूभागमा भूभागमा साधरणतया बादल लाग्नेछ।
बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशको पहाडी र हिमाली भूभागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।
यस्तै, राति तराई भूभागका थोरै स्थानमा तुँवालो लाग्नेछ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार
















