कस्तो रहला आज देशभरको मौसम ?



काठमाडौं, फागुन २० । हाल नेपालमा वायूमण्डलमा रहेको उच्चचापीय प्रणालीको प्रभाव छ । जसले गर्दा अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको भने ती भू–भागसहित बाँकी भू–भागहरूमा तुँवालो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

त्यसैगरी आज राति तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्