पर्सा– २ का नेकपा उम्मेदवार मनोज चौधरी शंकास्पद वस्तुसहित पक्राउ
वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नम्बर नं. २ का उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन् । नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी पक्राउ परेका हुन् ।
चौधरी सवार गाडी रोकेर उनीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिसपी हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार गाडीमा केही शंकास्पद वस्तु पनि फेला परेको छ ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई घेराबन्दी गरिएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार
















