प्रतिनिधिसभा सदस्य निर्वाचन : देशभर मतदान सुरु



काठमाडौं, फागुन २१ । आज देशैभर एकैसाथ प्रतिनिधिसभा सदस्य चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको छ ।

राजधानी काठमाडौंसहित देशभरका १० हजार ९६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्रहरूमा बिहान ७ बजे नै मतदान प्रक्रिया प्रारम्भ भएको हो । मतदानमा आम नागरिकको सहभागिता उत्साहजनक देखिएको छ । निर्वाचन आयोगले साँझ ५ बजेसम्म मतदान गर्न सकिने व्यवस्था मिलाएको छ ।

करिब १ करोड ८९ लाख ३ हजार ६८९ जना कुल मतदाता रहेकोमा करिब ८ लाख नयाँ युवा मतदाता रहेका छन् । कुल १६५ सिटका लागि प्रत्यक्षतर्फ र ११० सिटका लागि समानुपातिकतर्फ गरी जम्मा २७५ सदस्यका लागि मतदान भइरहेको छ ।

प्रत्यक्षतर्फ ३ हजार ४०६ र समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । सुरक्षा र व्यवस्थापन निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन देशभर नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्