महोत्तरीमा स्वतन्त्र उम्मेदवार कापरमाथि कुटपिट



जलेश्वर, फागुन २१ । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार रामआधार कापरमाथि कुटपिट भएको छ ।

जिल्लाको जलेश्वर नगरपालिका–७ मा अज्ञात समूहले उनीमाथि गएराति निर्घात कुटपिट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

स्वतन्त्र उम्मेदवार कापरको छाती, पिठ्युँ तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । हाल उनको जनकपुरमा उपचार भइरहेको छ । आक्रमणमा परेपछि उनले सहयोगका लागि प्रहरी–प्रशासनमा खबर गरेका थिए ।

आक्रमणपछि उनलाई तत्काल उद्धार गरी अस्पताल पठाएको प्रहरी उपरीक्षक शर्माले बताए । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्