देशका सबैजसो ठाउँमा पानी पर्न थाल्यो, असिना पर्ने सम्भावना


 


काठमाडौं, वैशाख १८

काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा मौसम धुम्मिएको छ । काठमाडौंमा अहिले पानी पर्न थालेको छ । बिहान एकै छिन घाम लागे पनि अहिले मौमस धुम्मिएर पानी पर्न थालेको हो ।

पश्चिमी क्षेत्रबाट बादल क्रमश पूर्व सर्ने क्रममा रहेकाले मौसम धुम्मिएको मौसमविद्ले बताएका छन् । पश्चिमी क्षेत्रमा पनि अहिले पानी पर्न थालेको मौसमविद् राजु प्रधानांगले बताउनुभयो ।

सोमबार देशका सबैजसो ठाउँमा गडाङगुडुङसहित असिना पानी पर्ने प्रधानांगले बताउनुभयो ।  पश्चिमी क्षेत्रबाट आएको प्रभावका कारण सोमबार देशभर नै पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

पश्चिमी वायूका कारण बनेको बादल, निम्न चापिए रेखा र स्थानीय वायूको प्रभावका कारण मौसम एक्कासी बदली भएको मौसमविदले बताएका छन् ।

प्रकाशित मिति: १८ बैशाख २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्