संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने
काठमाडौँ, चैत्र २ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ ।
त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायको विद्यापरिषद्को बैठकले आगामी वर्षदेखि मानविकी सङ्कायअन्तर्गत संस्कृत विषयमा विद्यावारिधि प्रदान गर्ने निर्णय गरेको सङ्कायका सहायक डिन डा.बामदेव अधिकारीले जानकारी दिए ।
यस्तै त्रिविले रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गलाई आमसञ्चार तथा पत्रकारिता र सरस्वती क्याम्पस ठमेललाई राजनीतिशास्त्र विषयमा स्नातकोत्तर तहको अध्यापन अनुमतिलगायत निर्णय गरेको उनले बताए ।
प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार
















