२२ सयले घट्यो सुन, चाँदी के भयो ?



काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा दुई हजार दुई सय रुपैयाँले घटेर तीन लाख सात हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा तीन लाख नौ हजार नौ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी तोलामा १८५ रुपैयाँले घटेर पाँच हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदी तोलामा पाँच हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्