एकैदिन झण्डै आठ हजारले घट्यो सुनको मूल्य, ३ लाख मुनि झर्यो



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा सात हजार आठ सय रुपैयाँले घटेर तोलामा दुई लाख ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइको छ ।

बिहीवार सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ११५ रुपैयाँले घटेर चार हजार आठ सय ९५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

बिहीबार चाँदी तोलामा पाँच हजार १० रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्