एकैदिन तोलामा साढे १२ हजारले घट्यो सुन, कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ ।

आइबार सुनको मूल्य प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो ।

सुन आजका लागि तोलाको दुई लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनामएको छ ।

शुक्रबार, प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँ तोकिएको महासंघले जनामएको छ ।

शुक्रबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्