मध्यपूर्वको तनावले सुनचाँदीको भाउ निरन्तर ओरालो, एकै दिन तोलामा ६,५०० रुपैयाँ गिरावट



काठमाडौं। मध्यपूर्वमा जारी तनाबका कारण अन्तर्राष्ट्रिय बजार प्रभावित भइरहँदा नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर घट्दो क्रममा देखिएको छ।

आज सुन तोलामा ६ हजार पाँच सय रुपैयाँले घटेर दुई लाख ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ११५ रुपैयाँले घटेर चार हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदी तोलामा चार हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने अमेरिकी डलरको उतारचढावसँगै राजनीतिक अस्थिरताले सुरक्षित लगानीको माग बढाउँदा सुनचाँदीको भाउ घटबढ हुने गर्छ।

प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्