एनआईसी एशिया बैंकका ग्राहक र कर्मचारीलाई स्तुपा कम्युनिटी अस्पतालमा




काठमाडौँ १० चैत । एन आई सी एशिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तुपा कम्युनिटी हस्पिटल) बीच बैंकका ग्राहक तथा स्तुपा स्वास्थ्य सेवाका शेयर होल्डरहरुलाई विभिन्न सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।

उक्त समझदारी पत्रमा बैंकको तर्फबाट सर्कल हेड–काठमाडौं नर्थ सुदिन कुमार लामा र अस्पतालका तर्फबाट निर्देशक डा.पेम्बा लामाले हस्ताक्षर गर्नुभयो ।

यस समझदारीसँगै बैंकका ग्राहकले उक्त अस्पतालमा उपचार गराउँदा विभिन्न सेवाहरुमा १५ प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् भने स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका बोर्ड सदस्य, निर्देशक, कर्मचारी तथा अन्य शेयर होल्डरहरुले यस बैंकको क्रेडिट कार्डमा उपलब्ध सेवाहरु प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्