सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी वीकमा विभिन्न कार्यक्रम सम्पन्न
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्र्थीहरूलाई वित्तीय रूपमा सक्षम र सचेत बनाउने उद्देश्य राख्दै २०२६ मार्च १६ देखि २२ सम्म मनाइएको “ग्लोबल मनी वीक” को अवसरमा सप्ताहभर विविध कार्यक्रमहरू आयोजना गरी सम्पन्न गरेको छ ।
यस वर्षको ग्लोबल मनी विक २०२६ को नारा ‘Smart Money Talks’ लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले देशका सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी ३८ स्थानहरुमा विद्यार्र्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको थियो ।
बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराई विद्यार्र्थीहरुमा वित्तिय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रममा २,१७१ जना विद्यार्र्थीहरुको सहभागीता रहेको थियो । साथै, विद्यार्थीहरुलाई बैंकको आधारभूत बैकिङ्ग सञ्चालन र विभिन्न बैंकिङ्ग माध्यमहरु सम्बन्धी व्यवहारिक रुपमा शिक्षा प्रदान गर्ने उद्देश्यले ४७८ जना विद्यार्थीलाई बैंकका विभिन्न शाखाहरुमा भ्रमण कार्यक्रम पनि आयोजना गरिएको थियो । यसरी “Global Money Week 2026” मा बैंकले कुल ५१ वटा कार्यक्रमहरु मार्फत २,६४९ विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरेको छ ।
प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार
















