कुमारी बैंकद्वारा मास्टर कार्ड सेवाको शुभारम्भ, डिजिटल बैंकिङमा नयाँ यात्रा



काडमाडौँ १२ चैत । कुमारी बैंक लिमिटेडले आफ्नो मास्टर कार्ड सेवा औपचारिक रूपमा सार्वजनिक गर्दै बैंकको डिजिटल सेवामा महत्वपूर्ण विस्तार गरेको घोषणा गरेको छ ।

काठमाडौंमा आयोजित एक विशेष पत्रकार सम्मेलनमार्फत बैंकले आफ्ना ग्राहकहरूका लागि बिहीबारबाट डेबिट मास्टर कार्ड जारी गर्न सुरु गरेको जानकारी गराएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले स्वागत मन्तव्य मार्फत बैंकको डिजिटल रूपान्तरण तथा ग्राहकमैत्री सेवाका क्षेत्रमा कुमारी बैंकले लिंदै आएको अग्रसरताबारे संक्षिप्त रूपमा जानकारी दिदै मास्टर कार्ड जस्ता विश्वव्यापी भुक्तानी समाधानले बैंकको सेवा क्षमतामा थप वृद्धि गर्ने बताएका छन् ।

यसैगरि कार्यक्रममा कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ्ग अधिकृत अनिश ताम्रकारले मास्टर कार्डको महत्व, यसको प्रयोगका सम्भावनाहरू तथा ग्राहकलाई पुग्ने प्रत्यक्ष फाइदाबारे विस्तृत जानकारि दिदै यस डेबिट मास्टर कार्डले भौतिक तथा डिजिटल दुवै माध्यमको उपयोग सरल र सुरक्षित हुने बताएका छन् ।

बैंकले जारी गरेको डेबिट मास्टर कार्ड नेपाल, भारत र भुटानका सबै मास्टर कार्ड स्वीकार गर्ने एटिम तथा पिओएस मा प्रयोग गर्न सकिने, मास्टर कार्डको क्रेडिट कार्ड सेवा पनि चाँडै सुरु हुने, मास्टर कार्डमार्फत अनलाइन तथा अन्तर्राष्ट्रिय भुक्तानीसमेत सहज हुने लगायतका विषयहरु प्रष्ट पारेका थिए ।
बैंकले गत वर्षदेखिनै आफ्ना एटीएमहरुमा मास्टर कार्ड स्वीकार गर्दै आएको र अब आफ्नै कार्ड जारी गरेसँगै ग्राहक सेवामा थप सहज हुने विश्वस बैंकले लिएको छ ।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्