फेरि ह्वातै बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं । आइतबार सुनचाँदीको मूल्य ह्वातै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ हजार रुपैयाँले बढेको हो ।
सुन आज ५ हजार रुपैयाँले बढेर २ लाख ८६ हजारमा कारोबार भएको महासंघले जनाएको छ । अघिल्लो दिन भने २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो ।
चाँदी आज ५० रुपैयाँले बढेर ४ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार
















