“महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी क्यालेन्डर २०८३” को डिजिटल संस्करण सार्वजानिक




काठमाडौँ । महालक्ष्मी विकास बैंकद्वारा “महालक्ष्मी क्यालेन्डर २०८३” को डिजिटल संस्करण बैंकको केन्द«ीय कार्यालय, दरबारमार्गमा आज आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।

परम्परागत रुपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्देश्यअनुरुप डिजिटल संस्करण सार्वजनिक गरिएको हो ।

महत्त्वपूर्ण चाडपर्वहरु, तिथि, विदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत तथा अंगे्रजी संवतको मितिहरु लगायतका सम्पूर्ण विषयवस्तुहरु डिजिटल क्यालेन्डरमा समावेश गरिएको छ ।

नयाँ डिजिटल संस्करण प्रयोगकर्ताहरुको लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरुको संस्कृतिलाई सम्बर्धन तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

महालक्ष्मी डिजिटल क्यालेन्डर २०८३ तल उल्लेखित क्यूआर स्क्यान गरी हेर्न वा डाउनलोड गर्न सकिनेछ ।

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्