सुनचाँदीको मूल्य घट्यो, तोलामा कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेर दुई लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन तोलामा दुई लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर तोलामा चार हजार सात सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आइतबार चाँदी तोलामा चार हजार सात सय २० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार
















