५ हजार लिएर एसईई दिइरहेका नक्कली परीक्षार्थी पक्राउ



हेटौँडा । एसईई परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

हेटौँडाको सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी परीक्षा केन्द्रबाट विराज विक नामक परीक्षार्थीलाई अंकित श्रेष्ठ बनेर परीक्षा दिने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, पक्राउ परेका विकले पाँच हजार रुपैयाँको प्रलोभनमा अंकितको परीक्षा दिएको पाइएको छ । प्रहरीले नक्कली परीक्षार्थीविरुद्ध मुचुल्का तयार गरी आवश्यक कारबाही सुरु गरेको छ ।

अंकित श्रेष्ठ अघिल्लो वर्ष पनि फेल भएका थिए र यस वर्ष पास हुनका लागि अर्कोलाई प्रयोग गरेको खुलेको छ ।

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्