कुमारी बैंक लिमिटेडले मनायाे २५ औं वार्षिकोत्सव



काठमाडाैं । कुमारी बैंक लिमिटेड (KBL) ले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २५ औं वार्षिकोत्सव मनाएको छ ।

यस वार्षिकोत्सवको अवसरमा कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक वर्ग, शेयरधनी, नियामक निकाय तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण ग्राहकवर्गहरुको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

कुमारी बैंक देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरुप आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा वित्तीय सुविधाहरु प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध छ ।

वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडाैं, ललितपुर, भक्तपुर लगायत उपत्यका बाहिरका सम्पूर्ण प्रदेशहरुमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । यसले स्थानीय स्तरमा रक्त बैंकका आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य रहेको छ ।

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्