सिटीपे र छिटो पैसाबीच ऐतिहासिक मर्जर अन्तिम चरणमा, वैशाख २ मा माइग्रेशन हुने
काठमाडौं । नेपालको फिनटेक क्षेत्रमा ठूलो रूपान्तरणको संकेत गर्दै सिटी वालेट प्रा. लि. (CityPAY) र छिटो पैसा प्रा. लि. बीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । कम्पनीहरूले संयुक्त रूपमा जारी गरेको सूचनाअनुसार आगामी २०८३ वैशाख २ गतेलाई प्रस्तावित माइग्रेशन मिति तय गरिएको छ ।
मर्जरपछि छिटो पैसाका सम्पूर्ण सेवाग्राहीहरू CityPAY को अत्याधुनिक तथा फराकिलो डिजिटल इकोसिस्टममा समाहित हुनेछन् । यस कदमले डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।
राइड-सेयरिङ आबद्ध चालकलाई ‘अल-इन-वन’ समाधान
Pathao लगायत विभिन्न राइड-सेयरिङ प्लेटफर्ममा आबद्ध राइडर, क्याप्टेन तथा ‘हिरो’हरूका लागि यो मर्जर विशेष उपलब्धिमूलक हुने बताइएको छ । अब उनीहरूले छुट्टाछुट्टै वालेट प्रयोग गर्नुपर्ने बाध्यता हट्नेछ र एउटै प्लेटफर्ममार्फत सम्पूर्ण भुक्तानी सेवा उपयोग गर्न सकिनेछ ।
CityPAY मार्फत राइडरहरूले Pathao सम्बन्धी बक्यौता तथा जरिवाना तुरुन्तै भुक्तानी गर्न सक्नेछन् । विशेष क्यासब्याक तथा ‘लोयल्टी रिवार्ड’ प्राप्त र एउटै एपबाट व्यक्तिगत तथा व्यावसायिक खर्च व्यवस्थापन गर्न सक्ने सुविधा पाउनेछन् ।
सेवाग्राहीहरूले App Store र Google Play Store बाट “Citypay Nepal” वा “Citypay” खोजेर एप डाउनलोड गर्न सक्नेछन् । कम्पनीले सिधा डाउनलोड लिंकसमेत उपलब्ध गराएको छ ।
CityPAY का प्रमुख विशेषताहरू
CityPAY ले विभिन्न डिजिटल भुक्तानी सेवाहरूलाई एउटै प्लेटफर्ममा समेटेको छ ।
Fonepay, NepalPay र Smart QR मार्फत देशभरका लाखौँ मर्चेन्टमा भुक्तानी
आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट र बस टिकट बुकिङ
उच्च स्तरको सुरक्षा प्रविधि
राजस्व, ट्राफिक जरिवाना लगायत सरकारी भुक्तानी सुविधा उपलब्ध छन् ।
सिटीपे वालेटका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले मर्जरलाई सेवाग्राहीमैत्री कदमका रूपमा व्याख्या गरेका छन् । उनले भने, “हामी छिटो पैसाका सम्पूर्ण ग्राहक, विशेषगरी सडकमा खटिने राइडरहरूलाई CityPAY परिवारमा स्वागत गर्न उत्साहित छौँ । यो मर्जरले थप सुविधा, सुरक्षा र लाभ सुनिश्चित गर्नेछ ।”
थप जानकारीका लागि कम्पनीको आधिकारिक वेबसाइट : https://citywallet.com.np तथा ग्राहक सेवा केन्द्रमार्फत सम्पर्क गर्न सकिने जनाइएको छ ।
यो मर्जरलाई नेपालको डिजिटल भुक्तानी क्षेत्रमा एक महत्वपूर्ण मोडका रूपमा हेरिएको छ, जसले सेवाग्राहीलाई अझ सहज, सुरक्षित र एकीकृत सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार
















