सिद्धार्थ बैंकका ग्राहकलाई नेपाल इन्टरनेश्नल हेल्थ सर्भिसेजमा पचास प्रतिशतसम्म छुट
काठमाडौं २४ चैत । सिद्धार्थ बैंक र नेपाल इन्टरनेश्नल हेल्थ सर्भिसेज बिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार जमलस्थित नेपाल इन्टरनेश्नल हेल्थ सर्भिसेजमा बैंकका ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले ग्राहकलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।
प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार
















