४५ अंकले बढ्यो नेप्से, आठ अर्बको कारोबार



काठमाडौं। बुधबार नेप्से ४५.१२ अंकले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा १.६३ प्रतिशतले बढेको नेप्से २८०२.५२ विन्दुमा अडिएको हो।

सेयरबजारमा बुधबार ३४६ कम्पनीको ९८ हजार १६२ पटकको कारोबारमा एक करोड ८८ लाख १६ हजार ८०८ कित्ता सेयर किनबेच भए।

जसअनुसार बुधबार आठ अर्ब ३१ करोड ८९ लाख आठ हजार ४४१ रुपैयाँको कारोबार भयो।

मंगलबार ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार १५० रुपैयाँको कारोबार भएको थियो।

नेप्सेमा आज १३ समूहका कारोबार भएकामा सबै समूहका सूचकमा हरियाली देखियो। जसअनुसार बुधबार वाणिज्य बैंक समूहको सूचक १.१५‚ विकास बैंक १.९८‚ फाइनान्स १.४५‚ होटेल तथा पर्यटन २.५६‚ जलविद्युत् २.६१ प्रतिशतले बढ्यो।

यसैगरी लगानी समूहको उपसूचक १.३५‚ जीवन बिमा १.३१‚ उत्पादन तथा प्रशोधन ३.८७‚ लघुवित्त १.२८‚ म्युचुअल फन्ड ०.९९‚ निर्जीवन बिमा १.०१‚ अन्य ०.१५ र व्यापार समूहको उपसूचक ०.६१ प्रतिशतले उकालो लाग्यो।

नेप्सेमा बुधबार चारवटा कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट लागे। सकारात्मक सर्किट लाग्नेमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड‚ श्रीनगर एग्रिटेक इन्डस्ट्री लिमिटेड‚सोलु हाइड्रोपावर लिमिटेड र होटेल फरेस्ट इन नेपाल छन्। अर्थात् यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतले आम्दानी गरे।

यस्तै स्वेतगंगा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ४.३५ प्रतिशतले घाटा बेहोरे।

कारोबार रकमका आधारमा एसवाई प्यानल लिमिटेड अग्रस्थानमा रह्यो। आज एसवाईको ४६ करोड ८१ लाख ८२ हजार ७२७ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज पनि नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड सबैभन्दा अगाडि रह्यो। नेसनल हाइड्रोपावरको सेयर बुधबार १० लाख ६६ हजार १०६ कित्ता किनबेच भयो। नेसनल हाइड्रोपावरको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २८८ रुपैयाँ कायम रह्यो।

प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्