सुनको मूल्य बढ्यो, चाँदीको के भयो ?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा दुई हजार दुई सय रुपैयाँले बढेर दुई लाख ९६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा दुई लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ८५ रुपैयाँले बढेर तोलामा चार हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बिहीबार चाँदी तोलामा चार हजार आठ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्