नोबेल एकाडेमीमा देखियो निर्वाचनको रौनक, विद्यार्थीले यसरी गरे मतदान



काठमाडौं, वैशाख २२

स्थानीय तहको निर्वाचन नजकिँदै गर्दा विद्यालयहरुमा निर्वाचनको रौनक देखिन थालेको छ । मुलुक निर्वाचनमय भइरहँदा काठमाडौंको बानेश्वस्थित नोबेल एकाडेमीका विद्यार्थीहरुले मतदान गरेका छन् ।

यो मतदानले स्थानीय तहको निर्वाचनको झल्को दिएको छ । निर्वाचनसम्बन्धी जानकारी तथा जनचेतना जगाउने उद्देश्यले यो कार्यक्रम राखिएको विद्यालयले जनाएको छ ।

नमुना स्थानीय निर्वाचनमा चार समूह बनार्इ विद्यार्थीहरूबाट १० जना प्रतिनिधिहरू चुनिएका छन् । चुनिएका प्रतिनिधिहरू शैक्षिक सत्र २०७४ का लागि क्याप्टेन र भाइस क्याप्टेन रहनेछन् ।

निकै हर्षोल्लासपूर्ण वातावरणमा भएको कक्षा ५ देखि १० सम्मका ५१२ विद्यार्थीहरूले मतदान गरेका थिए  ।

१९ बर्षपछि हुन लागेको स्थानीय निर्वाचनको बारेमा विद्यालय तहका विद्यार्थीहरूलार्इ जानकारी, मतदाता शिक्षा तथा नेतृत्व विकास गराउने उदेश्यले नमुनता मतदान गराएको विद्यालयको भनार्इ छ ।

विद्यार्थी प्रतिनिधि तथा सदन नेताहरु मतदान प्रक्रियाबाट छनौट गर्दा विद्यार्थीहरूले आफ्नो प्रतिनिधि आफैँ छान्न पाउने तथा विद्यालयप्रति अपनत्वको भावना बढाउन निर्वाचनले सहयोग पुर्याउने एकाडेमीका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बताउनुभयाे ।

निर्वाचनमा सहभागी विद्यालयका प्रतिनिधि तथा सदन नेताहरूले आफूहरू विद्यालयको अनुशासन, अतिरिक्त क्रियाकलाप लगायत शैक्षिक गुणस्तर, विद्यार्थी प्रतिभाहरूको कदर गर्न यस निर्वाचनमा उम्मेदवारी दिएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News