नेपाल र युएईबिच ट्वान्टी २० अन्तर्राष्ट्रिय सिरिज आयोजना हुने



काठमाडौँ । नेपाल र युएईबिच ट्वान्टी २० अन्तर्राष्ट्रिय सिरिज आयोजना हुने भएको छ ।

दुई देशका बीच नेपालमा हुने विश्वकप लिग २ को अगाडी २ खेलको सिरिज आयोजना हुन लागेको हो । दुवै खेल कीर्तिपुरमा रहेको टियु क्रिकेट रङ्गशालामा हुनेछ ।

बैशाख १२ मा सुरु हुने लिग २ को सिरिज अघि ७ र ८ गते नेपाल र युएईबिचको ट्वान्टी २० खेल हुन लागेको हो । नेपालले बैशाख १२ बाट लगातार दुई लिग २ का ओडिआई सिरिज आयोजना गर्दैछ ।

सुरुवातमा युएई र ओमानको टोलीसँग घरेलु भूमिमा खेल्ने नेपालले त्यस लगत्तै स्कटल्याण्ड र अमेरिकासँग खेल्नेछ ।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्