हेर्नुहोस् डलरको भाउ
काठमाडौँ, ३० चैत। नेपाल राष्ट्र बैंकले आज ९सोमबार० का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४१ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७४ रुपैयाँ २४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २०० रुपैयाँ १४ पैसा कायम गरिएको छ ।

प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार
















