आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी : नेपालको टोली घोषणा
काठमाडौं ३० चैत। आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि नेपालको टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो।
रवाण्डामा हुने यो प्रतियोगितामा एशिया, अफ्रिका, युरोप, अमेरिका र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक–एक गरी ५ टोलीले सहभागिता जनाउनेछन्। नेपालसहित संयुक्त राज्य अमेरिका, रवाण्डा, इटाली र भानुआतु देशले सहभागिता जनाउनेछन्।
प्रतियोगिता अप्रिल १८ बाट सुरु हुनेछ। महिला क्रिकेटका लागि आईसीसीले तीन तहको विकास संरचना तयार गरेको छ । त्यसअन्तर्गत सबैभन्दा तल्लो तहको प्रतियोगिताको रूपमा आईसीसी वुमन्स च्यालेन्ज ट्रफी रहनेछ ।
प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार
















