मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंक बीच छुट सम्झौता



काठमाण्डौ । नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रा. लि. र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई मर्केन्टाइल अफिस सिस्टम प्रा. लि.ले सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतामा मर्केन्टाइल अफिस सिस्टम प्रा लितर्फबाट कार्यकारी निर्देशक सूरज क्षेत्री र प्रभु बैंक लि.का तर्फबाट मार्केटिङ्ग म्यानेजर सविन शमशेर ज.ब.रा राणाले एक कार्यक्रम गरि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार एसर ल्यापटप र एप्सन प्रिन्टर समान खरिदमा प्रभु बैकंका कर्मचारीलाई १८% सम्म तथा ग्राहकहरुले अधिकतम ८ प्रतिशतदेखि १५ प्रतिशतसम्म एसर ल्यापटप लगायत एप्सन प्रिन्टर हरुमा छुट पाउने भएका छन र के्रडिटकार्ड प्रयोगकर्ताहरुलाई इन्स्टापेबाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन । सो छुट सेवासुविधा नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रा. लि.मा प्राप्त गर्न सकिनेछ ।

प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्