यूएईविरुद्धको शृंखला खेल्दै नेपाली क्रिकेट टोली
काठमाडौँ ७, वैशाख। नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी २० आई सिरिजको पहिलो खेलमा आज (सोमबार) चिर प्रतिद्वन्द्वी यूएईविरुद्ध खेल्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
घरेलु मैदानमा नेपाली टोलीले यूएईविरुद्ध २ खेलको टी(२० आई सिरिज खेल्दै छ। नेपाली टोलीको कप्तानी पारी दीपेन्द्र सिहं ऐरीले गर्दै छन्।
नेपाल क्रिकेट संघ ९क्यान० ले टी २० आई र ओडीआईका लागि दुई फरक कप्तान चयन गरेको छ।
यूएईविरुद्धको खेलका लागि नियमित कप्तान रोहित पौडेलसहित तीव्र गतिका बलर सोमपाल कामी र करण केसी टोलीबाट बाहिर छन्।
नेपाली टोली यूएईविरुद्ध मैदान उत्रिँदा नेपालका लागि त्यो ऐतिहासिक खेल हुनेछ। त्यसका मुख्य दुई कारण छन्।
हेड टु हेड
नेपाल र यूएईबीच अहिलेसम्म ११ पटक आमनेसामने भएका छन्। यी भेटमा ६ खेलमा नेपालले जित हात पारेको छ। पाँच खेलको नतिजा भने यूएईले आफ्ना पक्षमा पारेको छ।
नेपाल र यूएईबिच पछिल्लोपटक अक्टोबर २०२५ मा भेट भएको थियो। यूएई, हङकङ र नेपाल सहभागी टी(२० आई सिरिज भेट भएका थिए। टीयू मैदानमा भएको सिरिजको फाइनलमा नेपाली टोली यूएईसँग ४ विकेटले पराजित भएको थियो।
सन् २०१९ मा नेपाल र यूएई टी(२० आईमा पहिलोपटक भेट भएका थिए। सो खेलमा नेपालले यूएईलाई २१ रनले हराएको थियो।
नेपाली टोली
दीपेन्द्र सिंह ऐरी कप्तान०, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, शाहब आलम र शेर मल्ल
प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार
















