शेखर गोल्छा भैरहवाबाट पक्राउ
भैरहवा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई आज भैरहवाबाट नियन्त्रणमा लिएको हो ।
शुद्धीकरणसम्बन्धी अपराधको अभियोगमा हाल ललितपुरको सानेपास्थित प्रहरी हिरासतमा रहेका चर्चित बिचौलिया तथा विवादास्पद व्यापारी दीपक भट्ट र सुलभ अग्रवालले गरेको कानून विपरीको कारोबारमा उनको पनि संलग्नता रहेको देखिएपछि उनलाई पक्राउ गरिएको हो।
गोल्छा काम विशेषले भैरहवा पुगेका बेला प्रहरीले निगरानीमा राख्दै नियन्त्रणमा लिएको बुझिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने सीआईबीले जनाएको छ।
प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार
















