तीर्थयात्री बोकेको जीप दुर्घटना: १ जनाको मृत्यु, २१ घाइते
प्युठान । प्युठानमा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।
जिल्लाको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भिङ्ग्रीबाट स्वर्गद्वारी तर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको हो ।
मृतकको पहिचान भने खुल्न बाँकी छ।
जिप सडकबाट करिब २५–३० मिटर तल खसेको थियो । दुर्घटनामा परि २१ जना घाइते पनि भएका छन् ।
घाइतेहरूलाई प्रहरी र स्थानीयको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचारका लागि लगिएको छ।
तीमध्ये १० जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार
















