पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
काठमाडौं ११ वैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।
सरकारी बोलपत्रको वेबसाइटमा पहुँच राखेर ठेक्का आफ्नो कम्पनीलाई पारेको कसुरमा उनलाई पक्राउ गरिएको हो ।
पाण्डेलाई काठमाडौंबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालक हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पाण्डे बिरुद्ध सिक्टा सिञ्चाई आयोजनामा भ्रष्टाचार गरेको कसुरमा अख्तियारले २०७५ मा मुद्दा दायर गरेको थियो।
२०७९ मा उनी सहरी विकास मन्त्री भएका थिए ।
प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार
















