अमेरिकाद्वारा नेपाली सेनालाई १५ अर्ब रुपैयाँ बराबरको ६ हेलिकोप्टर दिने योजना, प्रस्ताव रक्षा मन्त्रालयमा पुग्यो



काठमाडौं । अमेरिकी सरकारले नेपाली सेनालाई विपद् व्यवस्थापन र उद्धारका लागि १०० मिलियन अमेरिकी डलर (करिब १५ अर्ब ४ करोड रुपैयाँ) बराबरका ६ वटा हेलिकोप्टर सहयोग गर्ने प्रस्ताव गरेको छ ।

स्रोतका अनुसार काठमाडौंस्थित अमेरिकी दूतावासमार्फत आएको उक्त प्रस्ताव परराष्ट्र मन्त्रालय हुँदै रक्षा मन्त्रालयमा पठाइएको हो । अहिले नेपाली सेनासँग यसको प्रयोग र स्वीकार्यताबारे छलफल भइरहेको बताइएको छ ।

ती हेलिकोप्टरहरू विशेषगरी बाढी, पहिरो र भूकम्पजस्ता विपद्का समयमा उद्धार तथा राहत कार्यका लागि प्रयोग हुने बताइएको छ।

नेपालले विगतमा पनि अमेरिकी सहयोगअन्तर्गत हेलिकोप्टर तथा स्काई ट्रक (सैन्य विमान) प्राप्त गरिसकेको छ, जसले आपतकालीन उद्धार क्षमतामा उल्लेखनीय योगदान पुर्‍याएको थियो।

प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्