सार्वजनिक बिदाकै दिन प्रधानमन्त्री बालेनले किन बोलाए मन्त्रिपरिषद् बैठक ?
काठमाडौं । सुकुमवासी बस्तीमा डोजर चलिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
उनले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक डाकेका हुन्। काठमाडौँ उपत्यकाका सुकुमवासी बस्ती भत्काउने क्रम चलिरहेका बेला सार्वजनिक बिदाकै दिन आइतबार मन्त्रिपरिषद् बैठक बस्ने भएको हो।
प्रधानमन्त्री बालेनकै निर्देशनमा शनिबारदेखि काठमाडौँस्थित नदी किनारका अव्यवस्थित बस्ती डोजर प्रयोग गरेर हटाउने क्रम चलिरहेको छ।
आजको मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण केही निर्णय गर्न सक्ने अनुमान गरिएको छ।
प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार
















